काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउनका लागि तीन जनाको नाम सिफारिस भएको छ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको हो।
आइतबार बसेको समितिको बैठकले प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा टंकनाथ धमला र प्राडा केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको हो।
त्रिवि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए। तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखिएको थियो।
उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो।
अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।


