काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कँडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति थियो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टा र ३ ओटा कृत्रिम हात प्रदान गरेको थियो।


