ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नभएका व्यक्ति पनि छलफलमा सहभागी भएका छन्।
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नै नरहेका व्यक्तिले प्रतिवदेनको छलफलमाथि धारणा राखेपछि विवाद भएको हो।
बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिइएको थियो। तर उनलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाए।
श्रेष्ठलाई बोल्न समय दिइएकोमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी सभापति शुक्रराज शर्माले माफी मागेका छन्।


