काठमाडौं– कामना सेवा विकास बैंकले रुपन्देही स्थित द एसआर होटल एन्ड इभेन्ट प्रालीसँगसेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ।


