काठमाडौँ- आजबाट सुरु हुने बागमती प्रदेशको हिउँदे अधिवेशन अघि सर्वदलीय बैठक बसेको छ। सभामुख भूवन पाठकको निजी निवासमा सर्वदलीय बैठक अहिले जारी छ।
सर्वदलीय बैठकमा प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति र प्रदेशसभा बैठकको व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ। यसअघि गत आइतबार बसेको सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयनको विषयमा कार्यदल गठन गरेर जाने सहमति भए पनि अन्य विषयमा सहमति हुन सकको थिएन।
संसदीय समितिको नेतृत्व चयनका लागी कांग्रेसका संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ। कार्यदलले १० दिनभित्र प्रतिवेदन बुझाउने छ।
सरकार र विपक्षी दलहरूबिच सहमति जुट्न नसकेको अवस्थामा आजको बैठकले सुचारु र नियमितता पाउने विषयमा शङ्का रहको छ।
गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन। २२ माघमा संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा हुँदा पनि सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने सकेको थिएन। प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन्।


