काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा असन्तुष्ट बनेका छन्। पार्टीका नेताहरुको विभाजनप्रति असन्तुष्टि जनाउँदै उनले फरक मत राखेका हुन्। बुधबारको स्थायी कमिटी बैठकमा उनले लिखित रूपमै फरक मत राखेका हुन्।
विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु र पारित विषयलाई वेवास्ता गरी विधिविहिनतालाई निरन्तरता दिने उद्देश्य देखिएको उनको लिखित फरक मतमा उल्लेख छ। विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वय गर्नुपर्ने उनको माग छ।
कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत वेवास्था गरी विधि विपरीत आफ्नो अनुकूलतामा निर्णय गरिएको उनको भनाइ छ।
‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्था गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ’, शर्माको फरक मतमा भनिएको छ, ‘सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर छ। खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट बिस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु।’
पूर्णपाठ-



