२०८३ कार्तिक १४ गते शुक्रबार

भिभो भि३० नेपालमा लन्च हुँदै, यस्ता छन् विशेषता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
vivo_v30

काठमाडौं- भिभोले रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्ड ब्रेकिङ टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ। यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता गरेको छ।

भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको क्षण कैद गर्न मात्र नभई ती क्षणहरुलाई जिवनभरका लागि जिवन्त राख्ने लक्ष्य राखेको छ।

भिभो भि३० ले भि सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ। यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो। भि३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षण सफलतापूर्वक पार गरेको छ। साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड  स्मार्टफोनको अनुभूति दिनेछ। उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ।

नयाँ प्रविधिको साथमा भिभोले प्रयोगकर्ताहरूको आवश्यकता पुरा गर्दै गएको छ। भिभो प्रयोगकर्ताहरूमाझ चर्चित औरा लाइटको साथमा भिभोले उक्त प्रतिबद्धतालाई जारी राखेको छ। भि३०मा रहेको औरा लाइटले सामान्य फ्ल्यास भन्दा ठूलो र नरम फिल लाइट प्रदान गर्नेछ। साथमा यसको पुरानो भरजनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ।

भि३०मा रहेको डिस्टान्स सेन्सिटिभ लाइटिङले क्यामेराबाट सब्जेक्टको दूरी अनुसार बुद्धिमानी रूपमा लाइटलाई समायोजन गर्दछ। अपग्रेड गरिएको औरा लाइट पोर्टेट फिचरले आकर्षक पोर्टेट प्रदान गर्नेछ।

पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ। यही मागलार्ई सम्बोधन गर्दै भि३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको छ। भि३०मा रहेको ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचरले परिवार र साथीसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्नेछ।

प्रभावशाली क्यामेरा बाहेक भि३० मा आकर्षक ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ। साथमा यसको ठूलो ब्याट्री क्षमताले प्रयोगकर्तालाई जीवनका सबै क्षणहरू कैद गर्ने क्षमता प्रदान गर्नेछ। भिभो भि३० ले आधिकारिक लन्च हुनुअगावै नै ग्राहकमाझ निकै उत्साह पैदा गरिसकेको छ। भि३० ले फ्ल्यागशिप भि सिरिजमा उत्कृष्ट एडिसन भई स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८० फाल्गुण १६ गते बुधबार ०५:४१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना