काठमाडौँ- नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद विमला घिमिरेले सहकारी तथा लघुवित्तपीडितलाई तत्काल रिहा गर्न माग गरेकी छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
देशका विभिन्न स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका सहकारी र लघुवित्त पीडितका माग सम्बोधन गर्न उनको माग छ।
यस्तै मिटरब्याज पीडितका माग सम्बोधन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
संघीय संसद भवन परिसरमा फागुन १४ गते प्रदर्शन गरेको आरोपमा ४९ जना पीडित पक्राउ परेका थिए।
सरकारले कुरा नसुनेपछि लघुवित्त पीडित संसद भवन परिसरमै प्रदर्शनमा उत्रनु परेको एमालेको ठहर छ।
‘प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई नि:शर्त रिहा गर्नुपर्छ,’ उनले भनिन्।


