काठमाडौँ- नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। शनिवार विज्ञप्ती जारी गर्दै कांग्रेसले छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि माग गरेको हो।
केहि दिनअघि पोखरेलको स्क्लको होस्टेलमा मृत्यु भएको र त्यससँग जोडिएका शङ्कास्पद विवरणहरूप्रति गभ्मीर ध्यानाकर्षण भएको जनाएको छ।
‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ,’ कांग्रेले भनेको छ, ‘यो दुःखद क्षणमा बालिका पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।’



