काठमाडौं– नेपाल पे र बिगमार्टलेपोखरामा हालै खोलिएका बिगमार्टका पाँचवटा स्टोरमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्ने योजना ल्याएका छन्। यो अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ स्टोर मा फागुन १९ गतेबाट चैत्र १७ गतेसम्म उपलब्ध रहेको छ।
पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ। ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
नेपाल पे क्यूआर नेश्नल पेमेन्ट स्विच अन्तर्गत क्यूआर भुक्तानीलाई एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे मा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरमा २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन्।


