२०८३ कार्तिक १२ गते बुधबार

एलन मस्क, बिल गेट्स, मार्क जुकरबर्ग र ज्याक मालाई सरकारले नेपाल बोलायो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २०
lagani_sammelan

काठमाडौँ– वैशाख १६ र १७ गते गर्ने भनिएको लगानी सम्मेलनका लागि नेपाल सरकारले निम्ता पठाउन थालेको छ। अर्थ मन्त्रालयले विश्वका धनाढ्य र ठूला कम्पनीहरूका संस्थापकलाई निम्ता पठाउन थालिएको जानकारी दिएको हो।

सम्मेलनमा वक्ताका रूपमा सहभागी भइदिनकाल लागि भारतीय धनाढ्यहरू मुकेश अम्बानी र गौतम अडानीलाई निम्ता पठाइएको छ। यस्तै अलिबाबाका संस्थापक ज्याक मा, टेस्लाका सीईओ एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, एप्पलका सीईओ टिम कुकलाई पनि निम्ता गरिएको छ।

यसैगरी, फेसबुकका सीईओ मार्क जुकर्बक, टाटा ग्रुपका अध्यक्ष रतन टाटा, सामसोङका सीईओ हान जोङ–ही र अट्रेलियन बिजनेसमेन एन्ड्रयु फरेस्टलाई निम्ता पठाइसकिएको छ।

लगानी सम्मेलनको तयारी तीव्र रूपमा अघि बढाइएको लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ। निम्ता पठाउने क्रम जारी रहेको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्याय बताउँछन्।

उनका अनुसार अहिलेसम्म बोर्डले विदेशी नियोगमार्फत् १२४ जनालाई निमन्त्रणा पठाइसकेको छ। बोर्डले नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत् निम्ता पठाइरहेको हो।

विकास साझेदारहरू एसियन डेभलपमेन्ट बैंक (एडीबी), इन्टरनेसनल फाइनान्स कर्पोरेसन, एशियन इन्फ्राइस्टक्चर बैंक, जापानी सहयोग नियोग (जाइका), विश्व बैंक, इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट बैंक, (आईएफए), जापान बैंक फर इन्टरनेसनल कोअपरेसनलाई पनि निम्ता गरिएको छ।

‘अहिलेसम्म १२४ लगानीकर्ता र कार्यपत्र प्रस्तोताहरूलाई हामीले निमन्त्रणा पठाइसकेका छौं,’ उपाध्यायले भने, ‘मथिल्लो लेबलमा अर्थमन्त्रीले पनि निमन्त्रणा पठाउनु भएको छ।’

सम्मेलनका लागि सबैभन्दा बढी हाइड्रोपावरसँग सम्बन्धित प्रोजेक्ट छानिएका छन्। ट्रान्समिसन लाइन, रोड तथा विमानस्थलमा पनि लगानी भित्र्याउन आयोजना सोकेशमा राख्ने तयारी मन्त्रालयको छ। ८ करोडमा सम्मेलन सम्पन्न गर्ने सरकारी तयारी छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)ले सम्मेलनका लागि सात परियोजना बुझाएको छ। महासंघले आइएमई सिमेन्ट, दुई केबलकार, दुई हाइड्रोलगायतका प्रोजेक्ट छनोट गरी प्रस्ताव गरेको हो।

महासंघले सिक्लेस अन्नपुर्ण केवलकार, जाल्पादेवी केवलकार, भक्तपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटरल्याण्ड, मध्य कालिगण्डकी हाइड्रो, टिप्ल्याङ कालिगण्डकी हाइड्रो, आइएमई सिमेन्ट र काठमाडौं टेक्निकल स्कुलमा लगानी भित्र्याउन प्रस्ताव गरेको हो।

प्रकाशित: २०८० फाल्गुण २० गते आईतबार ०६:३९
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना