२०८३ कार्तिक २३ गते आईतबार

नेपालमा बहिरोपनको समस्या धेरै, याे हुनुका कारण र बच्ने उपाय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २०
bahiropan

काठमाडौँ- दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन ‘कान सुन्ने क्षमता कम’को समस्यामा रहेको पाइएको छ। विश्व श्रवण दिवसको अवसरमा आज सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल ‘सोल नेपाल’ ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा. डा. दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताए।

‘नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बहिरोपन समस्या भएको देश हो’, उनले भने, ‘भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ।’ डा. श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ। पैँतिस डेसिवल भन्दा कम सुन्ने मानिसलाई बहिरोपन भएको भनिन्छ। नेपालमा हुने अपाङ्गतामध्ये सबैभन्दा बढी बहिरोपनका रहेका उनको भनाइ छ। विश्वमा करिब ४६ करोड मानिस बहिरोपनको समस्यामा छन्।

बहिरोपन हुनुका कारण

गर्भमा रहेको बेला आमालाई कुनै कडा खालको रोग लाग्नु, जन्मदा कम तौलको बच्चा जन्मनु वा जन्मदा नरुने बच्चामा बहिरोपनको समस्या देखा पर्ने चिकित्सक बताउँछन्। समय नपुगेर जन्मिएका बच्चामा, जन्मिदा कमलपित्त भएका वा जन्मिदै बहिरोपनको समस्या पनि देखिने वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा. डा. श्रेष्ठले बताए।

बच्चालाई जन्मिदै सघन उपचार कक्ष ‘आइसियु’ वा भेन्टिलेटरमा राखेर कुनै उपचार गर्नु परेमा कान पाक्ने, कानको जालीमा पानी जम्ने वा पिप आउनेलगायत समस्या आउने सम्भावना भएर बहिरोपन हुन सक्ने उनको भनाइ छ। क्यान्सर, क्षयरोगको औषधि प्रयोग गर्दा पनि कानमा असर गर्दछ। ती औषधि खाँदा पनि कान सुन्ने क्षमता हस आउँछ।

अहिले ध्वनी प्रदूषणको कारणले पनि बहिरोपनको समस्या हुने गरेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेले बताए। उनले कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको बताए।

ठूलोठूलो आवाजमा काम गर्ने, लामो समयसम्म गीत ठूलो आवाजमा सुन्ने, धेरै समयसम्म कानमा इयरफोन राख्ने, मोबाइलमा धेरैबेर कुरा गर्नेलगायत कारणले पनि बहिरोपनको समस्या हुने गरेको छ।

वरिष्ठ नाक, नाक, घाँटी रोग विशेषज्ञ प्रा। डा। श्रेष्ठले सन् २०१८ मा गरिएको अध्ययनमा धेरै हल्ला हुने ठाउँ कलङ्की, रत्नपार्कमा बहिरोपनको समस्या देखिएको बताए। ती ठाउँमा लामो समयसम्म बस्ने मानिसमा बहिरोपनको समस्या देखिएको थियो।

बहिरोपनबाट बच्ने उपाय

‘कुनै पनि सङ्क्रमणबाट कानलाई बचाउनुपर्दछ। कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ। कानलाई चोटपटकबाट बचाउनुपर्छ। कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुट्ने सम्भावना हुन्छ। त्यसैले कान कोट्याउनु हुँदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ’, डा. न्यौपानेले भने।

बच्चामा सुनाइसम्बन्धी शङ्का लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनुपर्ने उनले सुझाव दिए। कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्न नहुने, गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्न नहुने र गर्नेपरेमा चिकित्सकको सल्लाह लिनुपर्ने, गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन नगर्नेलगायत उपाय अपनाउँदा बच्चामा कानसम्बन्धी समस्याको जोखिम कम हुने उनले बताए।

सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग नगर्ने, गाडीको हर्न निषेध गरिएका ठाउँमा चर्को हर्न नबजाउने, मोबाइल वा हेडफोन धेरै समयसम्म प्रयोग नगर्ने, कलकारखानामा काम गर्ने व्यक्तिले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउने लगायत उपाय अपनाउन सकिने चिकित्सकको भनाइ छ।

प्रकाशित: २०८० फाल्गुण २० गते आईतबार ०७:१५
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना