काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।
पार्टी उपसभापति डिपी अर्यालका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार सभापति लामिछानेले पाएका हुन्।
संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।


