काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको बताएका छन्। सत्ता समिकरण फेरबदल भएपनि कांग्रेसका मन्त्रीले राजिनामा दिएका भने छैनन्। तर गुरुङले आफू कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको बताएका छन्। उनले आफूले मन्त्री निवास छाडेर डेरामा फर्किइसकेको बताएका छन्।
उनले भनेका छन्, ‘नमस्कार, जय नेपाल। आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु। मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४ः३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु। सबैलाई धन्यवाद।’
नमस्कार, जय नेपाल।
आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु। मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु।
सबैलाई धन्यवाद। pic.twitter.com/hZFWPlSz4g— Dhan Raj Gurung (@dhanrgrg) March 4, 2024


