काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ।
बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
योसँगै बैंकका शाखारहित बैंकिङ सेवाकेन्द्रको संख्या २७७ पुगेको छ।
ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ।
बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ।


