काठमाडौँ- एमाले-माओवादी समीकरणको बैठक बस्ने भएको छ। बैठक दिउसो २ बजे बस्ने छ।
मन्त्रालयको टुङ्गो लगाउनका लागि बैठक बस्ने जनाइएको छ। हिजो प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँगको समीकरण तोडेपछि विकसित नयाँ समीकरणलाई मुर्तता प्रदान गर्न आज बैठक बस्न लागेको हो।
हिजै बिना विभागीय ३ मन्त्री नियुक्त गरेका प्रचण्डले सबै मन्त्रालय आफूसँग राखेका छन्। कुन पार्टीले कुन मन्त्रालयको नेतृत्व लिने भन्ने विषयमा आज छलफल हुने स्रोतको भनाइ छ।
स्रोतका अनुसार शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन्।


