काठमाडौँ– गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेहरुका बर्खास्त भएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्रीहरूले माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिदिएका हुन्।
गण्डकीका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका छन्।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले उनीहरूले सम्हालेका मन्त्रालय आफैँ मातहतमा राखेका छन्।
यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।
केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्।
बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।
सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ।
मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएकाे बारेमा जानकारी दिने तयारी गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।


