काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालय पाउने भएको छ।
बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय गरेको हो।
स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ।
सहमतिअनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तार हुँदैछ।
अन्य मन्त्रालयहरूको भागबन्डा पनि टुंगिएको नेताहरूले बताएका छन्।


