काठमाडौं– नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा नजाने भएको छ। बुधबार बसेको सचिवालय बैठकले सप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।
एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक रुपले लिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।


