काठमाडौँ- नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।
संघीय मामिला र सहरी विकास मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने पक्का भएपछि मन्त्रीको नाम तय गरिएको नेकपा एसले जानकारी दिएको छ।
नेकपा एसबाट सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी बन्दा सहरी विकासमन्त्री धनबहादुर बुढा बन्ने भएका छन्।
यसअघि पार्टीको सचिवालय बैठकले प्रधानमन्त्रीसँग थप छलफलपछि सरकारमा सहभागिताबारे निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका थिए।
प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिसमेत रहेका जोशी बझाङबाट निर्वाचित सांसद हुन्।
बुढा डोल्पाबाट निर्वाचित सांसद हुन्।
जोशी यसअघि वनमन्त्री भइसकेका छन्।
बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका थिए।


