काठमाडौं– त्रिवी क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियाको दोस्रो विकेट लिएको छ। विहान ९ः३० बजेबाट सुरु भएको खेलमा नेपालले छैटौं ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको थियो भने ३४ औं ओभरको दोस्रो बलमा दोस्रो विकेट लिएको हो।
गुल्सन झाले ओपनर मुहम्मद अमिरलाई आउट गराएका थिए। खेलमा राम्रो प्रदर्शन गरेको मलेसियाको पहिलो विकेट झर्दा उसले २२ रन बनाएको थियो। त्यसपछि मैदानमा रहेका विरनदिन सिंहले कप्तान अहमद फैजसँग मिलेर ११६ रनको साझेदारी गरे।
तेस्रो विकेटमा रुपमा आउट हुनुअघि फैजले ९५ बलमा ७६ रन बनाएका थिए। सन्दिप लामिछानेको बलमा आसिफ शेखले फाइजलाई स्टम्पिङ गराएका हुन्। अलिहेसम्म सिंहले पनि ४१ रन बनाइसकेका छन्।


