काठमाडौँ- राष्ट्रियसभा बैठक बस्दै छ। राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ।
बैठक आज दिउसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन्।
त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।



