काठमाडौं– प्रतिनिधिसभा सदस्य दिपक खड्का नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बनेका छन्। नेपाली कांग्रेसका निवर्तमान सभापति समेत रहेका खड्कालाई सभापति शेरबहादुर देउवाले आइतबार आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५६ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा श्री दिपक खड्का (संखुवासभा) लाई मनोनयन गर्नु भएको छ,’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
खड्काले गत असोजमा प्रतिनिधिसभा सदस्य बनेपछि जिल्लाको संगठन निर्माणमा समय दिन नसकेको भन्दै कांग्रेस संखुवासभा सभापतिबाट राजिनामा दिएका थिए।


