काठमाडौँ- राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ। संघीय संसदले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको हो।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो।
आज बिहान ११ देखि १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्ष पदमा पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दिने तालिका रहेको छ। त्यस्तै, आजै १ः३० बजे दर्ता भएका प्रस्तावको सूचना दर्ता क्रमानुसार सूची प्रकाशन गरिने तालिकामा उल्लेख छ।
मंगलबार बिहान ११ः०९ बजेको राष्ट्रिय सभा बैठकमा उक्त प्रस्तावहरु निर्णयार्थ पेश हुने तालिका रहेको संघीय संसदका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिएका छन्।
अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ। त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ। अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ।



