मध्यविन्दु (नवलपरासी)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए।
‘केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,’ नेता कोइरालाले भने।
गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टी भित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो।


