काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन आफूहरुले बनाएको बताएका छन्।
मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ गठबन्धन चीनले नभएर आफूहरुले बनाएको बताएका हुन्।
‘यो परिर्वतन हामीले गरेको–गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्। कहाँ चीन पुर्याएको यति सानो कामलाई पनि। चीनले बनाइदिएको रे! चीन आयो रे! यस्तो खालको कुरा नगरे हुन्छ। यत्रो मिहिनत गरेर बनाइएको छ। यति त जस त दिनुस्,’ उनले भने।
उनले देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको जिकिर गरे। नयाँ गठबन्धन बनेसँगै सरकारले आशा जगाएको उनको दाबी थियो।


