२०८३ कार्तिक १७ गते सोमबार

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छ : महिलामन्त्री चौधरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
bhagawati chudari

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकि छिन्।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताइन्।

‘मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ। मन्त्रालयले बाल सुधार गृहको मौजुदा व्यवस्था अवलोकन गरी यस क्षेत्रका समस्या निराकरण गर्न नीतिगत सुधार गर्न पहल गर्छौं नीतिगतरुपमा स्पष्टता ल्याउँछौँ’, उनले भनिन्, “बाल सुधार गृहमा देखिएका समस्या संवेदनशील, गम्भीर छन्।

‘स्थानीय तहसँगको समन्वयनमा यस क्षेत्रका शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधानलाई प्रभावकारिता बनाउनेतर्फ मन्त्रालय सजग छ।’

बाल सुधार गृहको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयले गरिरहेका काम कारबाहीका सन्दर्भमा समितिले महिला, कानुन, न्याय तथा संसदीय र शिक्षा, विज्ञान तथा प्रविधिलगायतका मन्त्रालयलाई आमन्त्रण गरेको थियो।

समिति सभापति किरणकुमार साहले बाल सुधार गृहमा भएका तोडफोड, झडपका घटनाप्रति समितिले चासो देखाउँदै अवलोकन गरेको बताए।

अवलोकनका क्रममा सुधार गृहले न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेकाले बालबालिकाका संवेदनशील विषयमा सम्बन्धित पक्ष समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।

समितिका सदस्य शोभा ज्ञवालीले बाल सुधार गृह विषयमा समितिले गरेका निर्णय, निर्देशनको कार्यान्वयन फितलो रहेको बताउँदै बाल सुधार गृहका बालबालिकाको उमेर समूह छुट्याएर राख्नुपर्नेमा जोड दिइन्।

सांसद सिताकुमारी रानाले बाल सुधार गृहमा रहेको बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था नाजुक रहेकाले मन्त्रालय तत्काल समाधान गर्न पहल गर्नुपर्ने बताइन्।

बैठकमा मन्त्रालयले निर्देशिका तयार पारी स्थानीय तहसँग समन्वयन गर्नसकेमा बाल सुधार गृहका समस्या न्यूनीकरण गर्न सकिने, स्वच्छ खानेपानी तथा पोषणलाई प्राथमिकतामा राख्नुपर्ने, उमेर समूह छुट्याई बालबालिकाको संरक्षण गर्नुपर्ने, स्वच्छ खानेपानी, पठनपाठनको व्यवस्था, जिम्मेवार पक्षलाई उत्तरदायी बनाउनुपर्नेलगायतका विषय उठान गरिएको थियो।

बैठकमा महिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव इन्दु घिमिरेले बाल सुधार गृहका समस्या समाधान गर्न मन्त्रालय योजनाबद्ध ढङ्गले अगाडि बढेको बताइन्। ‘बाल सुधार गृह सुधारोन्मुख अवस्थामा रहेको छ। यसलाई अझ प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध छ’, उनले भनिन्।

प्रकाशित: २०८० फाल्गुण २९ गते मङ्गलबार ०६:४१
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना