२०८३ कार्तिक १७ गते सोमबार

बाबुराम वनभोज खाँदै थिए, प्रचण्ड र महिन्द्रले पार्टी फुटाइदिए!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३
prachanda_baburam_mahindra

पोखरा- शनिबार बिहान नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेपाल समाजवादी पार्टी (नेसपा)का महासचिव रमेशप्रसाद यादवबीच पार्टी एकता गर्ने सहमति भयो। यो सहमतिसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गठबन गरेको नेसपाबाट उनै बाबुराम एक्लिएका छन्।

पार्टीका अध्यक्ष महिन्द्रराय यादव पक्षले एकतर्फी रूपमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेको हो। यसमा बाबुराम सहमत थिएनन्/छैनन्।

शनिबार बालुवाटारबाट बाहिरएको पार्टी एकता गर्ने सहमतिपत्र सार्वजनिक हुँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भने गोरखामा थिए। आफू पढेको स्कुल पालुङटारको अमरज्योति माविका पूर्वविद्यार्थीले आयोजना गरेको वनभोज कार्यक्रममा उनी सहभागी भइरहेका थिए। वनभोजमा नेपाल समाजवादी पार्टीकै गण्डकी प्रदेशसभा सदस्य रहेका फणीन्द्र देवकोटा पनि सहभागी थिए।

त्यही बेला नेसपा अध्यक्ष महिन्द्रराय यादव र माओवादी अध्यक्ष प्रचण्डसमेतको उपस्थितिमा नेसपा महासचिव यादव र माओवादी महाचिव गुरुङले एकता गर्ने सहमति गरेका थिए। यो खबर सार्वजनिक भएसँगै बाबुराम वनभोज कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

सहमति घोषणा कार्यक्रममा माओवादीबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेता उपस्थित भएको तस्बिर सार्वजनिक भएको छ।

भट्टराईले भने प्रचण्डले राजनीतिक ठगी गरेको र उनमा नैतिकताको खडेरी परेको प्रतिक्रिया दिएका छन्।

नेसपाले आइतबार कार्यकारिणी र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको थियो। बाबुरामले पार्टी एकताको सहमति अवैधानिक भएको तर केही व्यक्तिले पार्टी छोडेर जान सक्ने बताएका छन्।

हालै मात्र बाबुरामले निर्वाचन आयोगलाई एक पत्र लेख्दै माओवादीको चुनाव चिह्नबाट जितेका आफ्ना सांसदलाई नेसपा सांसदकै रुपमा मान्यता दिन आग्रह गरेका थिए।

बाबुरामले २०७९ को मंसिरमा भएको आमचुनावमा गोरखा–२ प्रचण्डलाई छोडेर आफू चुनाव नलडी बसेका थिए। त्यस बेला पनि पार्टी एकता गर्ने सहमति भएको थियो। माओवादीको चुनाव चिह्नबाट नेसपाका दुई प्रतिनिधि सभा सांसद, बागमतीमा नेसपाका गंगानारायण श्रेष्ठ र गण्डकीमा फणिन्द्र देवकोटा विजयी भएका थिए।

उता यादव पक्षकै नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरूको सिंगो पार्टी नै नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको प्रतिक्रिया दिएका छन्।

बाबुरामले केही व्यक्तिले पार्टी छोडेर जान सक्ने तर पार्टी एकताको सहमति अवैधानिक बताइरहेका बेला श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन्। दुई पार्टीबीच एकता गर्ने सहमति चुनावअघिकै भएको उनको भनाइ छ।

फुट्यो बाबुरामको पार्टी, माओवादीसँग एकता गर्न यादव समूहले गर्‍यो सहमति

प्रकाशित: २०८० चैत ३ गते शनिवार ०३:५१
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना