काठमाडौं- कोकाकाेलाले नेपालबाट गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। गत शुक्रबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणकाे आयाेजना गर्दै ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत् नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो।
कोकाकोलाले ५०० जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम आयोजना गरेकाे थियो। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुई वटा मोमो खान दिएको थियो।
खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुईजना साक्षी पनि कार्यक्रममा उपस्थित रहेका थिए। कार्यक्रम लगभग १५ मिनेट चलेको थियो।
कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले यो रेकर्डले कोकाकोलाले इतिहास रचेको बताइन्।
उनले भनिन्, ‘कोकाकोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ। परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो। हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं।’
कोकाकोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा यो गिनिज वर्ल्ड रेकर्ड उपाधिले कोकाकोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको जनाएको छ।






