काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा जारी ५० ओभरको खेलमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य प्रस्तुत भएको छ। एसीसी प्रिमियर लिगको दोस्रो दिनको खेलमा युएईले कुवेतलाई ३७२ रनको लक्ष्य प्रस्तुत गरेको हो।
यसअघि आईसीसी विश्वकप लिग २ मा ५० ओभरकै खेलमा युएईले नेपाललाई ३०० भन्दा धेरै रनको लक्ष्य प्रस्तुत गरेको थियो। उसले नेपाल विरुद्ध ३१५ रन बनाएको थियो। आज त्यो रनभन्दा धेरै युएईले ३७१ रन बनाएर ३७२ रनको लक्ष्य दिएको हो।
खेलमा युवा ब्याटर भृत्य अरविन्दले मात्र १८५ रन बनाए। उनी अन्तिम ओभरमा आउट भएका थिए। १४७ बल खेलेमा अरविन्दले १७ चौका र ९ छक्काको सहयोगमा ठूलो रन जोडेका हुन्।
साथै उनी त्रिवि क्रिकेट मैदानमा सबैभन्दा धेरै रनबनाउने ब्याटर भए। यद्यपि यो खेलले आईसीसीको एक दिवसीय र लिस्ट ए को भने मान्यता पाएको छैन। त्यसैले यो खेल ५० ओभरको खेल मात्र रहनेछ। यसकारण उनीहरुले बनाएको यो ठूलो रन एक दिवसीय र लिस्ट एको रेकर्डमा भने समावेश हुने छैन।
आज युएईले ठूलो रन बनाउँदा रोहन मुस्तफाले समेत ११८ रन बनाएका थिए।


