काठमाडौँ- पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई काठमाडौँ ल्याइँदैछ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो।


