काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज पदाधिकारी बैठक बोलाएको छ।
पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन्।
अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाइएको हो।
यसअघि, पूर्व सभामुख तथा माओावादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा सुन प्रकरणमा पक्राउ परेका छन्। उनी अहिले अस्पताल भर्ना भएका छन्। थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत काठमाडौँमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएपछि सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको हाे।
जिल्ला अदालत काठमाडौँले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।


