काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) भित्रको विवाद बैठक बहिस्कार गर्ने सम्म पुगेको छ। केही दिन अघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि पहल गरेपछि डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठक बसेको थियो।
डा. भट्टराई पक्षले नेसपाका नेतालाई पार्टीबाट निष्कासन समेत गरेको थियो। तर, महेन्द्र राय यादवले सो निर्णय अस्वीकार गरेको छ। यादव पक्षको बैठकले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बाबुराम पक्षको निर्णय आमान्य रहेको घोषण गरेको हो।
बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज र अध्यक्षसमेत मनोनीत गरेको छ। बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा भएको तीन बुँदे निर्णयसमेत अनुमोदन गरेको छ।
बैठकले कोशी प्रदेश इन्चार्जमा राजेन्द्रकुमार किराँती, अध्यक्षमा बिमला भट्टराई, मधेश प्रदेश इन्चार्जमा देवेन्द्र यादव, अध्यक्षमा प्रमोद यादव, बागमती प्रदेश इन्चार्जमा अक्कलबहादुर थिङ, अध्यक्षमा वन्दना सुवेदीलाई चयन गरेको छ।
यस्तै गण्डकी प्रदेश इन्चार्जमा रमेश पोखरेल, अध्यक्षमा ढाकाराम गौतम, लुम्बिनी प्रदेश अध्यक्षमा उमाशङ्कर यादव, सुदूरपश्चिम प्रदेश इन्चार्जमा मणिराज बडू, अध्यक्षमा विनोद चन्द, कर्णाली प्रदेश इन्चार्जमा देवीबहादुर बुढाथोकी मनोनीत भएका छन्।
महेन्द्र यादव पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै हस्ताक्षर अभियानसमेत चलाएको थियो।


