२०८३ कार्तिक १७ गते सोमबार

इलाम-२ मा चुनाव लडाउन कांग्रेसका ७ जना सिफारिस, बेग्लै छ रास्वपाको उम्मेदवार छान्ने प्रक्रिया

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ७
deuba

इलाम- वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम-२ का लागि टिकट ७ जनालाई कांग्रेस क्षेत्रीय समितिले सिफारिस गरेको छ।

कांग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ७ जनाको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङ छन्।

क्षेत्रीय समितिका उपसभापति खगेन्द्र देवानका अनुसार ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ।

प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन्।

खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन्।

त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन्।

नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन्।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपचुनावको उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ।

रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका निकालेको हो।

रास्वपा तालिका अनुसार चैत ६ देखि १४ गतेसम्म उम्मेदवारका आकांक्षीले आवेदन दिन सक्नेछन्।

⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन चैत १४ गते प्रकाशन गरिनेछ।

⁠चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेदवारको अन्तिम नामावली निकालिने रास्वपाले बताएको छ।

चैत १६ गते मतदानको कार्यतालिका छ।

प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन्।

उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुनेछ।

इलाम-२ का लागि पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

यस्तै पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरिसकेका छन्।

एमालेका नेता तथा संविधान सभाका अध्यक्षको निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो। नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया सुरु गरेको छैन। उक्त क्षेत्रमा आफूलाई टिकट दिन नेम्वाङपुत्र सुहाङले दाबी गर्दै आएका छन्।

तर एमालेको सूर्य चिह्न नै लिएर भएपनि उम्मेदवार बन्न नेकपा एसका सम्मानित नेता झलनाथ खनालले तयारी गरिरहेका छन्। सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्ने र चुनावमा आफूलाई उम्मदेवार बनाउनुपर्ने खनालको माग छ। तर खनालको मागमा एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक नरहेको एमालेकै नेताहरूले बताउँदै आएका छन्।

संघीय सत्ता गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादीले चुनावमा एक्लै लड्ने बताउँदै आएपनि उक्त पार्टीमा उम्मेदवार चयनबारे कुनै छलफल बढाएको छैन।

चैत १ गते प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्रलाई साझा उम्मेदवार घोषणा गरेका हुन्।

‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको सार्वजनिक गर्दछौं,’ सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

थेगिमलाई उम्मेदवार घोषणा गर्दै किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्लेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत राई यायोक्खाका अध्यक्ष जीवन राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त वक्तव्य जारी गरेका छन्।

डकेन्द्रसिंह पहिचानसहितको ‘प्रदेश नं १ पुनः नामकरण अभियान समिति’ का संयोजक हुन्। किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्षसमेत रहेका थेगिम लामो समयदेखि किराँत धर्म तथा साहित्य, उत्थानका लागि काम गर्दै आएका छन्।

कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आएका छन्। थेगिम किराँत धर्म गुरु आत्मानन्द लिङदेनका विश्वास पात्र मानिन्छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यतालिका अनुसार चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम हुनेछ।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुने भएकाले दुवै क्षेत्रका समान कार्यतालिका छ।

चैत २४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।

सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।

सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिन्छ।

आयोगका अनुसार सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

निर्वाचन कार्यक्रमअनुसार २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ।

प्रकाशित: २०८० चैत ७ गते बुधबार ०२:०५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना