जनकपुरधाम- मधेश प्रदेशमा एमालेका तीन जना मन्त्रीले शपथ लिएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नेकपा एमालेका तर्फबाट थप भएका तीन मन्त्रीले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मन्त्री हुनेमा एमाले सांसदहरू शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र रूपमा चुनाव जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवाल छन्।
लेखीलाई गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेावारी दिइएको छ।
सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाउँदा जयसवालले शिक्षा तथा संस्कृतिमन्त्रीको जिम्मेवारी पाएका छन्।
यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन्।
नेपाली कांग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएर एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए।
त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो।
तीमध्ये ४ वटा एमालेले पाउँदा माओवादी केन्द्र थप एक मन्त्रालय दिने तयारी मुख्यमन्त्री यादवको छ।
मुख्यमन्त्री यादवसँग श्रम तथा यातायात मन्त्रालय छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा एमालेका सरोजकुमार यादवले पाएका छन्।
सरकारमा अब संजय कुमार यादव, गोविन्द्र बहादुर न्यौपाने, सुरिता कुमारी साह, राजकुमार लेखी, सिंगासन सा कलवार, शत्रुधन सिंह, रमेश प्रसाद कुर्मी, सुनिता यादव, प्रमोद कुमार जैयसवाल मन्त्री छन्।
शेख अबुल कलाम आजाद, रहबर अन्सारी र केशव राय राज्यमन्त्री छन्।



