काठमाडौँ– वैशाख १५ गते बझाङ-१ (क) मा हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि एमालले उम्मेदवार तय गरेको छ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
भण्डारी एमालेका बझाङ जिल्ला अध्यक्ष हुन्।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार इलाम-१ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्वसभामुख सुवास नेम्वाङका छोरा हुन्।


