काठमाडौँ- नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
महरले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
महर यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि एमालेले केन्द्रीय सदस्य पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
यौन विचलनमा परेका महरलाई पुनः केन्द्रीय सदस्य मनोनित गरेर सम्मान गर्नु गलत भएको भन्दै एमाले निर्णयको आलोचना सुरु भएको छ।


