२०८३ कार्तिक १४ गते शुक्रबार

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, १९ सय बढी विद्यार्थी लाभान्वित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १३
nabil_bank

काठमाडौं– नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ।वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको देशकै अग्रणी बैंक नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर ग्लोबल मनी विक सञ्चालन गरिएको थियो। यही अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो।

नबिल बैंकले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ। ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ।

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएका थिए। त्यस्तै मधेश प्रदेशका २२० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएका थिए। बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्।

यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि र्‍यालिमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए। लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन्।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो। गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो। कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बिच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो।

अन्तिम नतिजा यसै साता घोषणा गरिदैँछ। यस कार्यक्रम अन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ।

नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ। युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ।

नबिल बैंक नेपालको अग्रणी बैंक हो। बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २०८० चैत १३ गते मङ्गलबार ०५:५६
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना