काठमाडौं– नेपालका लागि जापानी राजदुतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले बिरगंज परवानिपुरमा रहेको केएनपी जापान प्रालीको फ्याक्ट्रि अवलोकन गरेका छन्।
भ्रमणका क्रममा केएनपीको हेल्थी होम पेन्ट्सका उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर हर्षित् उपप्रमुख तामुराले फ्याक्ट्रिको सञ्चालन तरिका र सुविधाको तारिफ गरेका थिए।
उनले केएनपी जापानको सिसा रहित र न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारण हरुलाइ स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेको भन्दै प्रशंसा गरेका थिए।


