२०८३ कार्तिक १४ गते शुक्रबार

लिड्स बेकेट विश्वविद्यालयका विद्यार्थी ‘द ब्रिटिस कलेज’मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १६
DSC01501-scaled

काठमाडौँ- द ब्रिटिस कलेज (टीबीसी)ले यस पटकपनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरुलाई स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीहरुसँगै टीबीसीका विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो। विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरुले ‘इन्टरनेट अफथिङ्ग्स’ जस्ता नविन परियोजनाहरुमा संलग्न हुने मौका पाएका थिए।

डा. पुनेह बघेरी जादेह, ब्रिटिस कलेजका हेड अफ द स्कुल अफ कम्प्युटिङ रोहितराज पाण्डे लगायतका प्रोग्राम लिडरहरुको सहभागितामा उत्साहजनक कार्यक्रमहरु भए। नेपालको अनुपम भूगोल र मौषमी अवस्थाको लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजना मार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाए।

विशेष खालको भुगोल र जलवायू अनुकूल बनाइएको एआई परियोजनाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरुले भिन्नखालको संस्कृतिमा प्रवेश गर्ने अवसर पाए। सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुका साथै विश्व सम्बन्धी दृष्टिकोण विस्तार गर्ने अवसरहरु समेत विद्याथीहरुले पाए।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पुनः स्वागत गर्न पाएकोमा खुसी व्यक्तगर्दै ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएका विद्यार्थीहरुलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। यो पहल विद्यार्थीहरुका लागि महत्वपूर्ण शिक्षा प्रदान गर्न मात्रै नभई हाम्रा साझेदार संस्थाबीचको सम्बन्धलाई मजबूद बनाउन र विश्वब्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनि उत्तिकै महत्वपूर्ण साबित भइरहेको छ।’

कार्यक्रममा मुख्यतः एलबीयूका प्रतिनिधिहरुले टीबीसीका विद्यार्थीहरुसँग कम्प्युटिङ स्टडिजको बारेमा छलफल, फ्याकल्टीहरुबीच अनुसन्धानबारे विचारको आदान प्रदान, आगामी दिनमा एलबीयू र टीबीसीबीच हुनसक्ने सम्भावित सहकार्य र उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरि कम्प्युटिङ पाठ्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको थियो।

विद्यार्थीहरुद्वारा विकास गरिएका नवीन ‘आईओटी’ परियोजनाहरुमा उनीहरुको रचनात्मक र समस्याको समाधान गर्ने सीपहरु प्रस्तुत भएका थिए। ज्याक स्मिथ, जेम्स वेस्टोबी, कञ्चन कोइराला र संयोजन देवकोटा समावेश समूह ‘ए’ ले बाढी पूर्व सूचना प्रणालीबारेको एआई परियोजना प्रस्तुत गरेका थिए।

त्यस्तै, समूह ‘बी’ले एआईट्राफिक व्यवस्थापन प्रणाली बारेको परियोजना प्रस्तुत गरेका थिए। यस समूहमा नोजेन्द्र ओला, लौरा गाण्डिया गार्सिया–मोरालेस, स्वीङ नाकार्मी र अग्रता भट्टराई रहेका थिए।

समूह ‘सी’का इस्लाम इल्सेरोउगी, ब्राडले लीच, राजश्वी श्रेष्ठ र अनमोल ढकालले एआई स्मार्ट गार्डनिङ प्रणालीबारेको परियोजना प्रस्तुत गरेका थिए। समूह ‘डी’मा रहेका म्याक्स सियू चुङ यान, कनिकामा थुर, श्रेयश पराजुली र दिवन सिग्देलले एआई हाते पानी नियन्त्रण प्रणालीबारे आफ्नो परियोजना प्रस्तुत गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा टीबीसीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा जोडिएका सबैप्रति कृतज्ञता प्रकट गरेको छ। त्यस्तै, विश्वव्यापी पहुँचलाई बिस्तार गर्दै लैजाने क्रममापुनः एकपटक अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्वागत गर्न पाएकोले आगामीदिनमा अन्यसाझेदार संस्थाहरुसँग सहकार्यको दायरा बिस्तार गर्दै लैजाने प्रतिज्ञा समेत गरेको छ।

प्रकाशित: २०८० चैत १६ गते शुक्रबार ०७:०९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना