मकवानपुर- बागमती प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेशका नवनियुक्त ४ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका ४ सांसदलाई मन्त्री बनाएका थिए।
एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठले मन्त्रीका रूपमा शपथ लिएका हुन्।
प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा पाएका छन्।
पोखरेललाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ।
एकालाल श्रेष्ठ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्दा रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि सोमबार राती मात्र एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भई मंगलबार बिहान शपथ ग्रहण गरेकी थिइन्।
हालसम्म बागमतीमा मौजुदा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त भएका छन्।
जम्कट्टेल नेतृत्वको सरकारमा माओवादीका ४, एमालेका ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका १ मन्त्री नियुक्त भएका छन्।


