काठमाडौँ- भारत भ्रमणमा रहेको नेपालले आज गुजरातसँग खेल्दैछ। खेल दिउँसो २ः४५ मा सुरु हुनेछ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो।
नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ। उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो। नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ। फाइनल आइतबार हुनेछ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा र आकाश चन्द।
गुजरातको टोली
उमांग पटेल (कप्तान) ,अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई।


