काठमाडौं- कुशल मल्लले एक दिवसीय केरियरको पहिलो शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपमा उनले ओमानविरुद्धको खेलमा पाँचौ नम्बरमा मैदानमा प्रवेश गरेर शतक प्रहार गरेका हुन्।
खेलका क्रममा उनले कुशलले आरिफ शेखसँग ७५ रनको, दिपेन्द्र सिंह ऐरीसँग २५ रनको साझेदारी गरिसकेका छन्। उनी मैदानमा प्रवेश गर्दा नेपालको खातामा ७२ रन मात्र थियो। उनले नेपालको खातामा २०० रन पुरा हुन्जेलसम्म अविजित रहेर ब्याटिङ गरिरहेका छन्।
उनले अघिल्लो खेलमा मलेसियाविरुद्ध पनि अविजित ७० रन प्रहार गरेका थिए। त्रिवी त्रिकेट मैदानमा पनि उनको यो पहिलो सतक हो।
उनले आज ५९ बलमा शतक पुरा गरेका हुन्। त्यसक्रममा उनले १८ बाउन्ड्री प्रहार गरेका छन्।
Kushal the CENTURION!! 🔥💥🏏
Kushal Malla submits his name as the 6th and youngest Nepali player to score an ODI century as he struck 101 runs in just 59 balls!
Congratulations to our young gem Kushal Malla!!#NEPvOMN | #ACCPremierCup | #RoadToAsiaCup | #weCAN pic.twitter.com/ChnvkPB3NA— CAN (@CricketNep) April 21, 2023


