काठमाडौँ– आयरल्यान्ड ‘ए’ले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले ३८.३ ओभरमा आयरल्याण्डलाई अलआउट गरेको हो।
नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिए उनले ३९औँ ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे।
ऐरीले ह्याट्रिकसहित ४ विकेट लिएका हुन्। यस्तै शहाव आलम र मौसम ढकालले २-२ विकेट लिए। रिजन ढकालले एक विकेट लिए।
आयरल्याण्डका लागि केड कार्माइकलले ५१, निल रकले ३९ रन बनाए । पिटर मूर २१, स्टिफेन डोहेनी १२ र जेम्स म्याकोलम १२ रन बनाए।


