काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई समानुपातिक सांसद बनाउने भएको छ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी हसिना खानलाई समानुपातिक सांसद सिफारिस गरेको हो।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा खान सिफारिस भएकी हुन्।
हसिना खान बाँकेकी हुन्।


