काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा २३ लाख डुबेको बताएका छन्।
मन्त्री अर्यालले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो रकम उठाइदिए अलिअलि इनाम दिने पनि बताएका छन्।
‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें,’ उनले भने।
उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे।
सहकारी चलाउने आफ्नो प्रस्ताव पारित नभएका कारण आफूले लगानी फिर्ता माग गरेको बताए। तर नदिइएको उनको दाबी छ।


