२०८३ कार्तिक २४ गते सोमबार

हिमोफिलियाका बिरामी उपचारको पहुँचबाहिर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
homophibiya

काठमाडौँ- नेपालमा रगतसम्बन्धी रोग हिमोफिलिया लागेका १६ प्रतिशत बिरामी उपचारको पहुँचमा छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चार हजार ९३७ जना हिमोफिलियाका बिरामी छन्। तीमध्ये ८४ प्रतिशत बिरामी उपचारका लागि अस्पतालसम्म आउन सकेका छैनन्।

नेपाल हिमोफिलिया सोसाइटीका अनुसार ८६५ जना बिरामी मात्र सोसाइटीको सम्पर्कमा आएर नियमित उपचार गराइरहेका छन्। सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले उपचारको पहुँचमा हालसम्म ८६५ जना बिरामी मात्र आएको बताए। उनले १६.४८ प्रतिशत बिरामीको मात्र उपचार भइरहेको भन्दै राष्ट्रिय जनगणना अनुसार चार हजार एक सय बिरामी पहुँचमा नरहेको बताए।

उनले हिमोफिलियाका उपचार महँगो हुने हुनाले उपचार पाउन मुस्किल परेको बताए। हाल नेपालमा रहेका हिमोफिलियाका बिरामीलाई विश्व हिमोफिलिया महासङ्घको सहयोगमा नेपालमा उपचार भइरहेको छ।

वंशाणुगत रोग विशेषज्ञ डा. नीलम ठाकुरका अनुसार रगत जमाउने आवश्यक तत्व (क्लटिङ फ्याक्टर) को कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहनुलाई हिमोफिलिया भनिन्छ। उनले हिमोफिलिया प्रभावित व्यक्ति चोटपटक लाग्न सक्ने अवस्थाबाट जोगिनुपर्ने बताए। शरीरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा एक प्रतिशतभन्दा कम भएमा गम्भीर हिमोफिलिया, एकदेखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ।

डा. ठाकुरले हिमोफिलिया रोग वंशाणुगत समस्या रहेको भन्दै यसको उपचारमा महँगो खर्च लाग्ने बताए। उनले एक पटक हिमोफिलियाका बिरामीलाई उपचार गर्दा २५ हजार रुपिँया लाग्ने जानकारी दिँदै दुखाइ हुनेबित्तिकै उपचारको आवश्यकता पर्ने बताए। हिमोफिलियाको उपचार सरकारले गर्नुपर्ने बताए। क्यान्सर, मिर्गौला, मुटुलगायतका अन्य जटिल रोगमा सहयोग गरे जस्तै हिमोफिलियामा पनि सरकारले उपचार गराउनुपर्ने उनको भनाइ छ।

डा. ठाकुरका अनुसार मानव शरीरमा हुने रगतका १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमीका कारण हिमोफिलिया हुने गर्छ। उनले हिमोफिलिया वंशाणुगत कोषमा उत्परिवर्तन भएर हुने भन्दै दुई तिहाइ रोग वंशाणुगतबाट र एक तिहाइ उत्परिवर्तनबाट हुने बताए।

रगत रोग विशेषज्ञ डा. निरज सिंहले हिमोफिलियाका बिरामीको परीक्षण गर्न समेत महँगो पर्ने बताए। डा. सिंहले हिमोफिलियाका बिरामीको पहिचान गरेर उपचारको दायरामा ल्याउनुपर्ने बताए। डा. सिंहले १४ हप्ताको गर्भवती महिलाको पाठेघरबाट पानी निकालेर परीक्षण गर्दा भविष्यमा जन्मिने बच्चामा समस्या छ छैन भनेर थाहा पाउन सक्ने बताए। हिमोफिलिया सोसाइटीका अध्यक्ष घिमिरेले विश्व हिमोफिलिया सोसाइटीले नेपालमा प्राप्त हुने औषधीमध्ये हालसम्म पनि ९५ प्रतिशत दाताबाट प्राप्त हुने गरेको बताए। पाँच प्रतिशत औषधी मात्र नेपाल सरकारबाट उपलब्ध हुँदै आएको भन्दै उनले हिमोफिलियाका बिरामीलाई दाताबाट निरन्तर सहयोग नहुने बताए।

प्रकाशित: २०८० चैत २५ गते आईतबार ०६:०७
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना