पोखरा- गण्डकीका मुख्यमन्त्रीमा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।
अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाउँदै आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।
अधिकारीलाई स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को पनि समर्थन छ। अधिकारीलाई एमाले र माओवादीको पनि समर्थन छ।
गण्डकीमा एमालेका २२ र माओवादीका ८ (सभामुखसमेत) सांसद छन्।


