पोखरा– गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त अधिकारीलाई शपथ दिलाएका हुन्।
अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेका थिए। दुवै मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख भट्टले शपथ दिलाएका छन्।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए।
अधिकारीको नियुक्त प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च जाने तयारी गरेको छ।


