काठमाडौँ- भारतीय दुईपांग्रे सवारी निर्माता कम्पनी एथर इनर्जीले नयाँ मोडलको विद्युतीय स्कुटर ‘एथर रिज्टा’ सार्वजनिक गरेको छ।
तुलनात्मक रूपमा सस्तोमा उपलब्ध गराउने गरी फ्यामिली स्कुटर सार्वजनिक गरेको गरिएको कम्पनीले जानकारी दिएको छ।
यो स्कुटर २ ब्याट्री भेरियन्टमा भारतीय बजारमा उपलब्ध छ।
रिज्टाको सुरुवाती मूल्य १ लाख १० हजार भारतीय रुपैयाँ तोकिएको छ। यसको टप भेरियन्टको मूल्य भने १ लाख ४५ हजार रुपैयाँ तोकिएको छ।
एस र जेड भेरियन्टमा क्रमश २.७ किलोवाट र ३.७ किलोवाट क्षमताको ब्याट्री छ।
यसको १०५ र १२५ किलोमिटर रेन्ज दिनेछ।
यसमा दुई राइड मोड दिइएको छ जसमा जिप र स्मार्ट मोड रहेको छ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेकलगायतका विशेषता छन्।
भारतीय बजारमा यो स्कुटर जुलाईदेखि बिक्री गर्न थालिनेछ।


